+
+

संसदीय समितिको निर्देशन : निजगढ विमानस्थलको निर्माण यथाशीघ्र सुरु गर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १८:०३
फाइल तस्वीर

३० जेठ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । सो प्रतिवेदनमा निगजढ विमानस्थलबारे भनिएको छ, ‘विमानस्थल निर्माणसम्बन्धी दीर्घकालिन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने ।’

समितिले विमानस्थल निर्माण स्थलका टाँगियाबस्ती लगायत अन्य बस्तीको स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी यथाशीघ्र विमानस्थल निर्माणस्थलका लागि रुख कटान सम्बन्धी कार्य/प्रक्रिया अघि बढाउन समेत समितिले भनेको छ ।

समितिले यो विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन पछि तयारी पारेको प्रतिवेदनमा आधारित रहेर सरोकारवाला निकायबाट आएका सुझाव समेत कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतबाट आएको पछिल्लो फैसलापछि आयोजनाको भविष्यबारे अन्योल रहेका बेला समितिले यस्तो प्रतिवेदन पारित गरेको हो । यद्दपि सर्वोच्चको फैसलाको पूर्ण पाठ भने सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?