+
+

नेपाली भू-भाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौत्तिक संरचना नबनाउन भारतलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १६:३८

३१ जेठ, काठमाडौं । नेपालले नेपाली भूभाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौतिक संरचना नबनाउन भारत सरकारलाई आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काका अनुसार नेपालले भारतलाई यस्तो आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटसँग सम्बन्धित रहेर सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले नेपालसँग समझादारी बिना बनिरहेका भौत्तिक संरचनाहरुको निर्माण कार्य रोक्न पनि आग्रह गरे ।

‘नेपाली भूभाग डुबानमा पर्ने गरी एकतर्फी भौत्तिक संरचना र्निामाण नगर्न र मापदण्ड विपरीत, पूर्व सहमतिका बीनाका कार्य रोक्न आग्रह गरिएको छ’ मन्त्री खड्काले भने ।

सांसदहरुले सीमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा संरचनाहरु निर्माण गर्दा नेपाली भूभाग वर्षेनी डुबानमा पर्ने गरेको भन्दै प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री खड्काले पूर्व सहमतिका बीनाका कार्य रोक्न आग्रह गरिएको जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?