+
+

‘अनधिकृत व्यक्तिले बजेट बनाएको विषय भ्रामक र झुठो कथा मात्रै हो’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १७:४०
फाइल तस्वीर

३१ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्ने कुरा भ्रामक र झुटो कथा मात्रै भएको बताएका छन् ।

संसदमा उठेका प्रश्नबारे मंगलबार जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्दै भ्रामक र झुटो कथा बनाइएको छ । अनाधिकृत व्यक्तिले बजेट बनाएको विषय भ्रामक हो ।’ अर्थमन्त्रीको हैसियतमा नीतिगत रुपमा भिजन दिएर बजेटमा योगदान गरेको उनको भनाइ थियो ।

बजेट निर्माणका सबै प्रक्रिया आधिकारिक रुपमा भएको भन्दै उनले बजेट तर्जुमासम्बन्धी विषय तोकिएको जिम्मेवारी भित्र रहेर बनाइएको बताए । ‘बजेट तथा आर्थिक विधेयक तर्जुमा प्रक्रिया अन्तर्गत नै रहेर बनाइएको हो’ उनले भने ।

यसमा अर्थसचिव र राजस्व सचिवले नेतृत्व गरेको भन्दै उनले मातहतमा अन्य विभागीय प्रमुख कर्मचारीको तहमा विभिन्न स्तरमा छलफल भएर, सरोकारवालाबाट आएका सुझाव समेतलाई ध्यान दिएर बजेट बनाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?