+
+

जिसस काभ्रेको संयोजकमा एकीकृत समाजवादीका गौतम विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १६:२६

१ असार, धुलिखेल ।  जिल्ला समन्वय समिति काभ्रेमा गठबन्धन दल विजयी भएका छन ।

जिल्ला समन्वय समितिको संयोजकमा नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भए । उनले २२ मत पाए भने एमालेका उम्मेदवार कमला भट्टराईले ४ मत मात्र पाइन् ।

उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रिमबहादुर तामाङ चयन भए । तामाङ नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गरे ।

सदस्यहरूमा गठबन्धनको तर्फबाट उठेका अप्सरा सिप्खान(ढुंगाना) चण्डिका मिजार, नीरबहादुर लामा, मंगलबहादुर तामाङ, कृष्णकुमारी राई, रस्मिता भण्डारी विजयी भए ।

काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र ८, नेकपा एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?