
काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर नयाँ बानेश्वर शाखामा पनि विस्तार गरेको छ ।
ग्राहकलाई गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
बैंकका अनुसार यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।
थप गरिएको नयाँ प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं संयुक्त रुपमा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4