+
+

विन्डोज ९५ सँगै जन्मेको इन्टरनेट एक्सप्लोरर सदाका लागि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १०:५८

२ असार, काठमाडौं । सन् २००४ सम्म इन्टरनेटमा जोडिएका डेस्कटप कम्प्युटरमा इन्टरनेट एक्सप्लोरर अनिवार्य थियो ।

माइक्रोसफ्टले सन् १९९५ मा विन्डोज ९५ सँगै ल्याएको वेव ब्राउजर इन्टरनेट एक्सप्लोररले सन् २००४ सम्ममा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको थियो । इन्टरनेट प्रयोकर्ता एक्सप्लोररबाटै अनलाइनको संसारमा छिर्थे ।

कुनै बेला इन्टरटेटको पर्याय बनेको र २७ वर्षदेखि प्रयोगमा रहेका इन्टरनेट एक्सप्लोरर अब सदाका लागि बन्द भएको छ । माइक्रोसफ्टले पोहोर इन्टरनेट एक्सप्लोरर ११ सार्वजनिक गर्दा नै यो अन्तिम भर्सन भएको बताएको थियो ।

इन्टरनेट एक्सप्लोररको भन्दा छिटो छरितो र फरक फरक सुविधासहितका नयाँ ब्राउजरले प्रयोगकर्ताको मन जिते ।

सन् २००४ सम्म ९५ प्रतिशत हिस्सा ओगटेको इन्टरटेन एक्सप्लोररले गुगल क्रोम, एप्पलको सफारी र मोजिला फायरफक्ससँग प्रतिस्पर्धा गर्न सकेन । इन्टरनेट एक्सप्लोररको प्रयोग कम हुँदै गयो । पछिल्लो तथ्यांक अनुसार हाल इन्टरनेट ब्राउजरको क्षेत्रमा इन्टरनेट एक्स्प्लोररको हिस्सा ०.३८ प्रतिशत मात्र थियो ।

सन् २००८ मा गुगल क्रोमको आगमन तथा इन्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने एन्ड्रोइड तथा आइओएस मोबाइल अपरेटिङ सिस्टमको बढ्दो लोकप्रियतासँगै इन्टरनेट एक्स्प्लोरर छायाँमा पर्दै गएको थियो ।

माइक्रोसफ्टको नयाँ ब्राउजर माइक्रोसफ्ट एजले सन् २०१९ मै इन्टरनेट एक्स्प्लोररलाई पछि पारेको थियो । माइक्रोसफ्टले सन् २०१५ मा माइक्रोसफ्ट एज सार्वजनिक गरेको थियो । विन्डोज १० भन्दापछिका अपरेटिङ सिस्टम भएका इन्टरनेट एक्सप्लोरर माइक्रोसफ्ट एजमा परिवर्तन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?