+
+

नेपाल-अमेरिका फिल्म फेस्टिभलको ‘लाइनअप’ घोषणा, १२ देशका ३८ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १४:४९

काठमाडौं । नेपाल-अमेरिका फिल्म फेस्टिभल २०२२ को लाइनअप सार्वजनिक भएको छ । जुन २३ देखि २६ सम्म हुने फेस्टिभल भौतिक र भर्चुअल दुवै रुपमा आयोजना हुनेछ ।

विक्रम सापकोटा निर्देशित नेपाली फिल्म ‘हल्कारा’को प्रिमियरसँगै फेस्टिभल सुरु हुने भएको छ । अन्तिम दिन नेपालमा छायांकन गरिएको माइकल ब्राउन निर्देशित ‘ब्रिक म्युल’ प्रदर्शन हुनेछ ।

फेस्टिभलमा १२ मुलुकका छोटा र फिचर फिल्म प्रदर्शन हुनेछन् । फेस्टिभल अन्तर्गत फिल्म निर्माता, कलाकार र निर्देशकसँग भर्चुअल छलफल समेत हुने जनाइएको छ ।

यो संस्करणमा अनुप सुवेदी, नीना स्ट्रेइच, रेबेका बस्टमेइन्टी, फरिद बोजोगमेर, पोर्सिया कोब र डेब्राह जोनस जुरीको रुपमा रहनेछन् । फेस्टिभल अवधिभर फिल्मलाई अनलाइन प्लेटफर्ममा समेत हेर्न पाइनेछ ।

लाइनअप : फिचर

१. ब्रीक म्युल (नेपाल-बेलायत)

२. हल्कारा -द पोस्ट म्यान (नेपाल)

३. अन सेक्रेड ग्राउन्ड (अमेरिका)

४. वान नाइट इन काठमाण्डू (नेपाल)

५. सिंगिङ इन द वाइल्डरनेस (चीन)

६. सिक्स फिट (अमेरिका)

७. ट्याटुड ट्रक्स अफ नेपाल (अमेरिका-नेपाल)

८. द इनर ग्लो (भेनेजुएला)

९. द आइरन डिगर (नेपाल)

१०. द हाउस अफ लाइट (क्रोएसिया)

छोटो फिल्म

अन्तक (नेपाल)

बार्किङ डग्स (नेपाल)

क्राइम सिन (अमेरिका)

डास्टर्ड, ट्रेटर एन्ड डग

डिभिनेसन (नेपाल)

डम्पिप्लङ (चीन)

फोबिया (ब्राजिल)

गड्स बफेलो (नेपाल)

ह्यान्डस अफ अ (भारत)

होम (नेपाल-पोर्चुगल)

लाइफ इज वान सर्ट (इरान)

मिडी (चीन)

मेटामर्फोसिस (इरान)

नाउह्ेवयर टु स्केप (अमेरिका)

ओसीडी (ट्युनिसिया)

इरान (रेस्ट टाइम)

रन कार्लोस रन (आर्मेनिया)

सिटिङ स्टिल (अमेरिका)

स्लिप टाइट (अमेरिका)

स्ट्रोंगर (नेपाल-बेलायत)

द लिप रिडर (अमेरिका)

द स्टाचु (इरान)

थ्री थेड्स (अमेरिका-भारत)

टिन्डल टाइपराइटर्स (अमेरिका)

वाइल्डफायर (नेपाल)

ये साम मस्तानी (अमेरिका-भारत)

ग्लोबल पिस फिल्म फेस्टिभल

गो गो सिटी (अमेरिका)

आउट टु भोट (अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?