+
+

उपाध्यक्षका देवरको मृत्युमा गाउँपालिकाभरी सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १४:४०

५ असार, रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकाको उपाध्‍यक्षको देवर नाता पर्ने व्‍यक्तिको मृत्‍युमा गाउँपालिकाभरी सार्वजनिक विदा दिइएको छ ।

गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्‍यक्तिको आइतबारै सवारी दुर्घटनामा मृत्‍यु भएपछि सार्वजनिक विदाको दिइएको जनाएको छ ।

गाउँपालिकाका अध्‍यक्ष गया प्रसाद बरईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‍…मिति २०७९/३/०५ गतेका दिन यस का कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्‍य संघ संस्थाहरु समेत बन्द रहने व्‍यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

हेर्नुस् सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?