+
+

चलचित्र संघको कार्यसमितिले पूर्णता पायो, महासचिवमा नरेन्द्र महर्जन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते ११:५८

काठमाडौं । फिल्म हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघको कार्यसमितिले पूर्णता पाएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको एक महिनापछि नवनिर्वाचित अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले पदाधिकारीलाई पूर्णता दिएका हुन् ।

प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्वितीय उपाध्यक्षमा गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भास्कर ढुंगाना मनोनित भएका छन् । महासचिवमा नरेन्द्र महर्जन चुनिएका छन् भने उपमहासचिवमा ओम जैसी, कोषाध्यक्षमा कपिलप्रसाद द्वा मनोनित भएका छन् ।

सदस्यहरुमा मिजास पोखरेल, निरज कार्की, गोविन्दबहादुर शाही, चैतन्य बराल, युवराज प्रसाईं, प्रज्वलशमशेर जबरा, सुरेन्द्रकुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य मनोनित छन् । कार्यसमितिको पहिलो बैठकले पूर्वाञ्चल समिति सभापतिमा निरज गुप्ता, पश्चिमाञ्चल समितिमा केदारप्रसाद पराजुलीलाई चयन गरेको छ । साथै, सुरेन्द्रकुमार थापाको सभापतित्वमा उपत्यका समिति पनि चुनिएको छ ।

उपत्यका समितिको उपसभापतिमा दुर्गालाल प्रधान, सचिवमा सुरेन्द्र तण्डुकार र सदस्यमा रितेश थकुलवट छन् । प्रदर्शन समितिको सभापतिमा प्रज्वल राणा र वितरण समिति सभापतिमा गोविन्दबहादुर शाही छन् ।

नकिम उद्दिन, राजकुमार पोखरेल, प्रदीपकुमार उदय र अर्जुन श्रेष्ठ सल्लाहकारमा छन् । कार्यसमितिको दोस्रो बैठक आगामी भदौ ६ गते इटहरीमा बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?