+
+

चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते ९:१७

काठमाडौं । प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् ।

शनिबार आयोजित संस्थाको ४९ औं वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी कुवेर शर्मालाई पराजित गरे । शर्माले ४६ मत पाउँदा महर्जनले १०४ मत पाए ।

सदस्यहरुमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देबेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित छन् ।

आइतबार बस्ने नयाँ कार्यसमितिको बैठकले विधानअनुसार उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदमा मनोनित गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?