+
+

काठमाडौंको फोहोर ढुवानी दुई दिन रोकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १७:२१
फाइल तस्वीर

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर ढुवानी रोकिने महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा भने खासै समस्या नभएको महानगरको भनाइ छ ।

‘आज र भोलि बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्न लागेकोले फोहोर ढुवानी रोकिने भएको छ । केही ठाउँमा फोहोर संकलन पनि रोकिन सक्छ,’ मेयरको सचिवालयले भन्यो ।

काठमाडों महानगरका अनुसार प्रत्येक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएता पनि वर्षाले गर्दा बाटो बिग्रँदा १ सय ट्रक फोहोर भन्दा धेरै ल्यान्डफिल्ड साइट लैजान नसक्ने स्थिति रहेको छ । बिहीबारदेखि महानगरको फोहोर नियमित रुपमा फेरि बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?