+
+

सुविना श्रेष्ठ निर्देशित डकुमेन्ट्री ‘देवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते ११:३१

काठमाडौं । सुविना श्रेष्ठ निर्देशित डकुमेन्ट्री फिल्म ‘देवी’को मर्मस्पर्शी र सशक्त ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म नेपाली समयानुसार आज राति क्यानडाको हट-डक्स अन्तर्राष्टिय डकुमेन्ट्री फेस्टिभलमा वर्ल्ड प्रिमियर हुँदैछ ।

यो फिल्मले दशक लामो सशस्त्र द्वन्द्वको क्रममा बलात्कार र यौन अत्याचारको सिकार भएकाहरुको न्यायका लागि माओवादी नेतृ देवी खड्काले गरेको संघर्ष र उनको व्यक्तिगत भोगाइ र मर्मलाई चित्रण गरेको छ ।

निर्माताले भिमोमार्फत ट्रेलर सार्वजनिक गर्दै भनेका छन्, ‘नेपालको गृहयुद्ध सन् २००६ मा सकियो तर विद्रोही योद्धा, आमा र यौन हिंसा पीडित देवीका लागि होइन । सत्तामा भएकाहरुले युद्धको इतिहासबाट बलात्कार मेटाउने प्रयास गरेपनि देवीले न्यायको लडाइँ लड्नुअघि राक्षसहरुसँग लड्नुपर्छ ।’

निर्देशक सुविनाले ट्रेलरमार्फत सशस्त्र द्वन्द्वकालको अँध्यारो पाटोलाई गहकिलो ढंगमा दृश्यभाषामा उतार्ने प्रयत्न गरेकी छन् । ट्रेलरमा शीर्ष पात्रजस्तै अन्य यौनहिंसा पीडितलाई पनि प्रस्तुत गरिएको छ । तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा देवीको मानवीय संवेदनालाई पनि उतार्ने प्रयत्न गरिएको छ ।

हट–डक्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यो फिल्म अप्रिल २८ र मे १ मा समेत स्क्रिनिङ हुँदैछ । यो फिल्म न्युजिल्याण्डको डकुमेन्ट्री फेस्टिभलमा एसिया प्रिमियर हुने जनाइएको छ । रोजी गर्थवेटले यो फिल्म निर्माण गरेकी हुन् । फिल्मको नेपाल स्क्रिनिङबारे तत्काल निधो छैन ।

Devi – documentary film by Subina Shrestha released April 2024 from Mediadante on Vimeo.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?