+
+

डकुमेन्ट्री फिल्म ‘ढोरपाटन’ हलमा तेस्रो सातामा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १६:३४

काठमाडौं । साल्पा फिल्म्सले आफ्नो कथानक वृत्तचित्र ‘ढोरपाटन’को व्यावसायिक प्रदर्शनलाई तेस्रो साता पनि निरन्तरता दिने भएको छ । अंग्रेजीमा ‘नो विन्टर होलिडेज’ नामाकरण गरिएको यो फिचर डकुमेन्ट्री फिल्म पुस २७ मा हलमा रिलिज भएको थियो ।

यो फिल्मलाई २०८० सालमा संसारका प्रसिद्ध अन्तर्राष्ट्रिय फेस्टिभलमा स्क्रिनिङ गरिएको थियो । नेपाली फिल्ममा यथार्थवादको भिन्न स्वाद खोज्ने दर्शकले ‘ढोरपाटन’लाई रुचाएका छन् ।

दर्शकको उत्साहजनक उपस्थितिका कारण निर्माता, वितरक र प्रदर्शकले तेस्रो साता पनि प्रदर्शनलाई निरन्तरता दिने निर्णय लिएका हुन् । ‘सुरुमा त हामीलाई यो फिल्मको दर्शक को होलान् र भन्ने प्रश्न थियो । त्यसै अनुसार यसको प्रचार गर्‍यौं,’ निर्माता राजन कठेतले भने, ‘तर अहिले हामीलाई दर्शकले यो त छुटाउनै नहुने रहेछ, त्यसैले हेर्न आएको भन्ने प्रतिक्रिया दिनुभयो ।’

२०७५ फागुनदेखि निर्माण सुरु भएको यो फिल्मको विश्व प्रिमियर बेलायतको सेफिल्ड डकफेस्टमा भएको थियो । एसिया प्रिमियर चाहिं डीएमजीमा भएको थियो । तिहारअघि भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा फिल्म स्क्रिनिङ गरिएको थियो ।

कोलकाताको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत यसले दर्शकबाट प्रशंसा बटुल्यो । यो वृत्तचित्रबारे प्रसिद्ध अखबार र पोर्टलले पनि सकारात्मक समीक्षा गरेका छन् । नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा यसले ‘सर्वोत्कृष्ट वृत्तचित्र’को उपाधि पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?