+
+

तक्मामा प्रयोग हुने सुनको परिमाण घट्यो, अब कुनमा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १४:२४

१७ असार, काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषण पाउनेको संख्या वर्षेनि बढिरहेका बेला यसमा प्रयोग हुने सुनको परिमाण घटनाउने निर्णय गरेको हो ।

सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउनेहरुलाई १० किसिमका विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।

गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी सुन प्रयोग हुने नेपाल रत्न पदकबाट ८५ ग्राम सुन घटनाएर अब ९० ग्राम मात्रै राख्ने निर्णय गरिएको छ । यो पदमा ४२५ ग्राम चाँदी र ४२ ग्राम हिरा पनि प्रयोग हुन्छ ।

राष्ट्र गौरव पदकमा ४५ ग्राम सुन प्रयोग हुने गरेकोमा अब ३० ग्राम मात्र प्रयोग गरिने  छ ।

राष्ट्रदिपतर्फ

महाउज्वल राष्ट्रदीप प्रथम श्रेणीमा १३० ग्राम सुन प्रयोग हुनेमा अब ८५ ग्राम मात्रै प्रयोग हुने भएको छ । यो पदकमा १०० ग्राम चाँदी पनि प्रयोग हुने गर्छ ।

उज्वल कीर्तिमय राष्ट्रदीप द्वितीयमा ९० ग्राम सुन प्रयोग हुने गरेकामा अब ६० ग्राम मात्रै प्रयोग हुने भएको छ ।

सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा ४५ ग्राम सुन प्रयोग हुने गरेकामा अब ३० ग्राम मात्रै प्रयोग हुने भएको छ ।

कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा ३५ ग्राम सुन प्रयोग हुने गरेकामा अब २० ग्राम मात्रै प्रयोग हुने भएको छ । यसमा १५० ग्राम चाँदी पनि प्रयोग हुन्छ ।

राष्ट्रदीप पञ्चम श्रेणीमा ६ ग्राम सुन प्रयोग हुँदै आएको थियो । यसलाई यथावत् राखिएको छ ।

जनसेवाश्रीतर्फ

सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणीतर्फ १२० ग्राम सुन प्रयोग हुँदै आएकोमा अब ८४ ग्राम सुन मात्रै राखिने छ । यसमा १०० ग्राम चाँदी पनि प्रयोग हुन्छ ।

प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीतर्फ ८५ ग्राम सुन प्रयोग हुने गरेकामा अब ५९ ग्राम मात्रै प्रयोग हुने छ । सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ३५ ग्राम सुन प्रयोग भएकामा अब २५ ग्राम प्रयोग हुने भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?