+
+

समय अगावै बन्यो राप्ती खोलाको पक्की पुल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १७:५०

२६ असार, हेटौडा । हेटौँडाको राप्ती खोलामा पक्की पुलको समय अगावै निर्माण कार्य सम्पन्न भएको छ। नवलपुर ११ र १२ जोड्ने पुलको निर्माण निर्धारित समयभन्दा ३ महिना अघि सम्पन्न भएको हो।

एलिट कन्सट्रक्सन कम्पनी प्रालिसँग २०७६ असोज २७ मा पुल निर्माणका लागि सम्झौता भएको थियो। पुल निर्माणका लागि २०७९ असोज २६ सम्मको समायवधि रहेकोमा कम्पनीले असारमै काम सम्पन्न भएको कम्पनीका प्रवन्ध निर्देशक अजय पौडेलले जानकारी दिए।

२१५ मिटर लम्बाई र ११ मिटर चौडाइमा निर्माण भएको उक्त नवलपुर र अल्दामार जोड्ने पुलले दुई वडाका स्थानीयको अवागमनलाई सहज बनाएको छ। यी दुई वडा जोड्ने यो पहिलो मोटरेबल पुल हो।

पुलको १७ मंसीर २०७७ मा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए। पुल निर्माण भएसँगै अल्दामार र नवलपुरको ४० मिनेटको बाटो ५ मिनेटमा छोट्टिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?