+
+

कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट अस्वस्थ, उपचार गर्न काठमाडौं ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते ११:०१

२७ असार, काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।

उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए ।

दुई दिनअघि समस्या बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको उनको सचिवालयका एक जना सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?