+
+

ब्रेसवेलले अन्तिम ओभरमा २४ रन प्रहार गरेपछि न्युजिल्याण्डको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १२:४७

२७ असार, काठमाडौं । माइकल ब्रेसवेलले अन्तिम ओभरमा २४ रन बनाएपछि न्युजिल्याण्डले पहिलो एकदिवसीय क्रिकेटमा आयरल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको छ ।

ब्रेसवेलले अविजित १२७ रन बनाएपछि न्युजिल्याण्डले ३०१ रनको लक्ष्य एक बल अगावै ९ विकेट गुमाएर पूरा गरेको हो ।

न्युजिल्याण्डलाई जितका लागि अन्तिम ओभरमा २० रन आवश्यक थियो र एक विकेट मात्र बाँकी थियो । आयरल्याण्डका अनुभवी बलर क्रेग योङले अन्तिम ओभर बलिङ गरेका थिए ।

तर ब्रेसवेलले शानदार ब्याटिङ गरे । उनले पाँच बल खेल्दै २४ रन प्रहार गरे ।

ब्रेसवेलले अन्तिम ओभरमा तीन चौका र तीन छक्का प्रहार गरे । पुरुष एकदिवशीय अन्तर्राष्ट्रियमा अन्तिम ओभरमा सफलतापूर्व रन पछ्याउने क्रममा अन्तिम ओभरमा बनेको यो सबैभन्दा धेरै रन हो ।

सातौं नम्बरमा ब्याटिङ गरेका ब्रेसवेलले ८२ बल खेल्दै १० चौका र ७ छक्का प्रहार गरे । करियरको चौथो एकदिवशीय खेलेका ब्रेसवेल १२०/५ हुँदा क्रिजमा आएका थिए । तर उनले एक छेउबाट सम्हालिएर ब्याटिङ गर्दै टिमलाई जितसम्म पुर्‍याए ।

यसबाहेक ओपनर मार्टिन गप्टिलले ५१ रन बनाउँदा यसै खेलबाट एकदविशियमा डेब्यु गरेका ग्लेन फिलिप्सले ३८, इश सोधीले २५ र कप्तान टम लाथमले २३ रन जोडे । आयरल्याण्डका कर्टिस काम्परले ३ तथा मार्क अडेरले २ विकेट लिए ।

त्यसअघि डब्लिनको मालाहिडेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली आयरल्याण्डले ९ विकेट गुमाएर ३०० रन बनाएको थियो । ह्यारी टेक्टरले शतक प्रहार गरे पनि ब्रेसवेलको शतकले छायामा पार्‍यो । टेक्टरले ११७ बल खेल्दै १४ चौका र ३ छक्का मद्दतमा ११३ रन बनाए ।

कर्टिस काम्परले ४३ र एन्डी म्याकब्रिनले ३९ रन जोडे । न्युजिल्याण्डका लकी फर्गुसन, ब्लेर टिकनर र इश सोशीले दुई-दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?