+
+

उद्योगी, व्यवसायी र उच्च आय भएकासँग एमालेले मासिक ५ हजार उठाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते १४:०४

२७ असार, काठमाडौं । नेकपा एमालेले उद्यमी, व्यवसायी पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने भएको छ ।

आइतबार जारी अन्तरपार्टी निर्देशिका (अपानि–४) अनुसार, पाँच हजार व्यक्तिसँग मासिक पाँच–पाँच हजार रूपैयाँ संकलन गर्ने प्रस्ताव गरिएको छ । यो अभियानको नाम ‘पाँच हजारबाट पाँच हजार अभियान’ प्रस्ताव गरिएको छ ।

‘यो प्रस्ताव उद्यमी, व्यवसायी र उच्च आय भएका प्रोफेसनल पार्टी सदस्यद्वारा नियमित हरेक महिना रु.५ हजारका दरले विशेष आर्थिक योगदान गर्ने प्रस्ताव हो’, अपानिमा उल्लेख छ । पार्टी एपमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरिएको अपानिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?