+
+

कांग्रेस बैठकमा महामन्त्रीद्वयको चर्को आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १८:४६

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् ।

महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै नेताहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका हुन् ।

केन्द्रीय समिति बैठकअघि डा. शेखर कोइराला पक्षले बोलाएको भेलामा महामन्त्री थापा सहभागी भएका थिए । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर गुटको बैठकमा किन सहभागी भएको भनी थापामाथि प्रश्न उठाएका थिए । एक नेताका अनुसार बुढाथोकीले गुटमा सहभागी भए बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

‘महामन्त्री नेता हो, तर केटाकेटीजस्तो भएर बस्नुभएन, तपाईहरुलाई बहिस्कार गर्ने बेला नआओस्’ बुढाथोकीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरुले पार्टीको आलोचना गरेको भन्दै असन्तुष्टि जनाए । उनले पार्टी कार्यकर्ताको हौसला बढाउने खालको अन्तर्वार्ता दिन महमामन्त्रीहरुलाई आग्रह गरे । ‘अन्तर्वार्ता दिँदा हौसला बढाउने गरी दिनुस्, निराश हुने र जहिले पनि पार्टीको आलोचना गरेर नदिनुस्’ नेता चौधरीको भनाइ उधृत गर्दै एक नेताले भने ।

विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न माग गर्दै महामन्त्री थापा र शर्मा निर्वाचन आयोगमा पुगेको विषयमा पनि नेताहरुले आलोचना गरेका थिए । नेता राजीव ढुंगानाले पार्टीको संस्थागत निर्णयविना महामन्त्रीहरु निर्वाचन आयोग जानु बेठीक भएको बताए ।

‘पार्टीमा छलफल नगर्ने तर दुई महामन्त्री निर्वाचन आयोग जान मिल्ने कुरा होइन, आफुखुशी कुराकानी गर्दै जाने हो भने भोलि अर्को पदाधिकारीले कोहीसँग कुरा गर्लान्, यसलाई कसरी पार्टीको निर्णय मान्न सकिन्छ ?’ उनले प्रश्न गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?