+
+

पार्टी पुनर्गठन गर्ने भट्टराई पक्षको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते २२:०६

२९ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को डा. बाबुराम भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार र बुधबार गरी दुई दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय सदस्यहरुको विस्तारित बैठकले जसपा पुनर्गठनको निर्णय गरेको हो । यसबारे थप निर्णय गर्ने अधिकार कार्यकारिणी सदस्यहरुलाई दिएको छ ।

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै डा. भट्टराईले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पार्टी चल्न सक्दैन भन्ने निष्कर्षका साथ जोखिम उठाएको बताए । उनले भने, ‘उहाँकै कारणले हामी अलग अलग हुनु परेको हो, यसलाई पार्टी फुट भन्न मिल्दैन । हामी वैकल्पिक शक्ति निर्माण गर्न जाँदैछौँ । पार्टी पुनर्गठन गर्न जाँदैछौँ ।’

आवश्यकता अनुसार एकता र ध्रुवीकरणको ढोका खुला राख्ने उनले बताए । पुराना दलहरु रुपान्तरण भएर आए अहिले पनि समाजवादी केन्द्रको सम्भावना रहेको उनले बताए । भट्टराईले भने, ‘आफ्नो अलग पहिचान कायममा राखेर समाजवादी चिन्तन राख्नेहरुसँग गठबन्धन पनि हुनसक्छ ।’

पुनर्गठित पार्टी आगामी चुनावमा मधेसमा  प्रमुख शक्ति बन्ने भट्टराईको दाबी छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग तराईमा तालमेल हुने र पश्चिम तराईमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग तालमेल हुनसक्ने भन्दै उनले भने, ‘अन्यत्र कतै एमाले, कतै कांग्रस त कतै माओवादीसँग तालमेल हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?