+
+

हेराल्ड एसईई कप बास्केटबल: ऋत र ग्रान्डीलाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३१ गते १८:००

३१ असार, काठमाडौं । ऋत एकेडेमी र ग्रान्डी स्पोर्ट्स सेन्टरले तेश्रो हेराल्ड एसईई कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ऋत ब्वाइज तथा ग्रान्डी गर्ल्समा पहिलो भए ।

बसुन्धारास्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा ऋतले बलर्स एकेडेमीलाई २०–८ ले पराजित ग¥यो । ओजीएमले हेराल्डलाई १०–८ ले हराउदै तेश्रो भयो ।

गर्ल्सको उपाधि भिडन्तमा ग्रान्डीले बलर्स एकेडेमीलाई ७–५ ले पाखा लगायो । इन्साइट भिजनलाई ४–२ ले पन्छ्याउदै भ्याली पब्लिक तेश्रो बन्यो । दुवै समूहमा शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।

ब्वाइजमा ऋतका जेबिश मगर तथा गर्ल्समा ग्रान्डीकी दिया गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही १ हजार ५ सय नगद पुरस्कार पाए ।

दुईदिने प्रतियोगिताको ब्वाइजमा ८४ तथा गर्ल्समा २० गरी १ सय ४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?