+
+

अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते ८:१७

२ साउन, काठमाडौं । अमेरिकाको इण्डियानास्थित ग्रीनउड पार्क मलमा भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ । एक जना युवकले गोली चलाउँदा ३ जनाको मृत्यु र तीन जना घाइते भएका थिए । जवाफी कारबाहीमा प्रहरीको गोली लागेर ती आक्रमणकारीको पनि मृत्यु भएको फक्स न्यूजले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणमा २२ वर्षीय एक जना युवकमात्र संलग्न थिए । उनी आइतबार साँझ ६ बजेतिर मलको फुड कोर्टमा प्रवेश गरेका थिए । त्यसपछि अन्धाधुन्द गोली चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?