
Photo Credit : रमेश खतिवडा
३ साउन, काठमाडौं । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । यो फोहोरा वरपरका घरभन्दा पनि अग्लो देखिन्छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।
स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । एक घण्टाअघि निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर छ ।
माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘एक घण्टा भयो विस्फोट भएको, निरन्तर छ, मैले स्थलगत हेरेर फर्किएँ’, उनले भने । थप अनुसन्धानका लागि खानी विभागका अधिकारीहरुलाई खबर गरेको जानकारी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4