+
+

जोरपाटीमा बोरिङ खनेको ठाउँबाट यसरी निस्कियो ग्यास (फोटो फिचर )

मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ साउन ३ गते २१:४९

३ साउन, काठमाडौं । काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो माटोका कारण जोरपाटी चोकसमेत हिलाम्ये भएको छ । बोरिङ खनेको वरपरका १५–२० घरमा लेदो माटोले ढाकिएको छ । जमिनमुनिबाट निस्केको लेदो माटो र ग्यासलाई हावाले उडाएर टाढा टाढासम्म पुर्‍याएको छ । त्यस क्षेत्र भएर हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा परेका छन् ।

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

हेर्नुहोस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?