+
+

गोल्डन ओक १२औं कृति अवार्डस् २६ भदौमा 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १३:४९

काठमाडौं । नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करणको ‘गोल्डेन ओक १२औं कृति अवार्ड’ २६ भदौमा आयोजना हुने भएको छ ।

नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि यो अवार्डको सुरुवात गरेको थियो । यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिष्टिलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ ।
काठमाडौंमा आयोजिक एक समारोहका बीच संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे ।

आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड–१९ महामारीका कारण विगत २ बर्ष हुन सकेको थिएन ।

कृति अवार्डस् विज्ञापन क्षेत्र लगायत सम्र्पूण मिडिया र विज्ञापनदाताहरुको सामूहिक उत्सवको रुपमा आयोजना गर्ने गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक जोशीले मुलुककै समग्र सञ्चार क्षेत्रको समसामयिक व्यावसायिक परिस्थिती झल्काउने यस प्रतिष्ठित कार्यक्रममा आफ्नो समूहलाई सहभागी गराउन पाएकोमा खुसी व्यक्त गरे ।

संघका अध्यक्ष धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टिलरी र गोल्डन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यवाद व्यक्त गर्दे भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज बीचमा सहकार्य रही रहने विश्वास व्यक्त गरे ।

गोल्डेन ओक १२औं कृति अवार्डमा १ वैशाख २०७६ देखि चैत २०७८ मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रबर्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिने छ । संघका सदस्य एजेन्सीहरुले ५ साउन २०७९ देखि ४ भदौसम्म मनोनयन दर्ता गर्न सकिने संघले जनाएको छ ।

यो अवार्डको १२औं संस्करण गोल्डेन ओक १२औं कृति अवार्डमा विज्ञापन सिर्जनशीलता सम्बद्ध मेन स्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी विभिन्न ३१ बिधामा पुरस्कृत गरिने छ ।

कार्यक्रममा परेका मनोनयनहरु छनोट तथा मूल्यांकनका लागि सूचना, सञ्चार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा. विजय केसी, प्रा.डा.भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ । यसका अतिरिक्त विभिन्न विधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा विशेषज्ञहरुसहित करिब २५ जना संलग्न हुने छुट—छुट्टै निर्णायक समितिहरु रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?