+
+

ठगीमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १९:३०

६ साउन, वीरगञ्ज । ठगीमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज–९ रानीघाट बस्ने फ्रेस फोटो स्टुडियोको सञ्चालक २६ वर्षीय सदाम हुसेन, वडा नं. २४ बस्ने गणेश मोबाइल सञ्चालक २२ वर्षीय सञ्जित गुप्ता, वडा नं. ९ रानीघाट बस्ने चन्दन मोबाइल सेन्टरका सञ्चालक २४ वर्षीय कुन्दन यादव, वडा नं. ०९ बस्ने गढीमाई स्टुडियोका सञ्चालक ३० वर्षीय प्रदीप साह र वडा नं. १० रानीघाट बस्ने फ्रेस फोटो स्टुडियोमा काम गर्ने ३८ वर्षीय फैयाज आलम पक्राउ परेका हुन् ।

साउन ५ गते ३ बजे वीरगञ्ज–९ स्थित जिल्ला प्रशासन कार्यालय वीरगञ्ज, पर्साको गेट अगाडिबाट उनीहरुलाई पक्राउ गरेको थियो । फ्रेस फोटो स्टुडियोको सञ्चालक सदाम हुसेनले धोवनी गाउँपालिका बस्ने वर्ष २१ को सागिर आलमसँग राहदानी फारम भर्नको लागि फारम चार्ज २ सय र राहदानी १४ दिन भित्र मगाई दिन्छु भनी २ हजार ५ सय रुपैयाँ लिएको उजुरी जिल्ला प्रशासन कार्यालय पर्सामा परेको थियो ।

स्टुडियोमा गई त्यस सम्बन्धमा सोधपुछ गर्दा राहदानी मगाउनको लागि थप २ हजार ५०० माग गरेको दावी सागिर आलमले गरेका थिए ।

वडा प्रहरी कार्यालय विर्ताबाट टोली पठाउँदा पैसा ठगी गरेको भनी खुल्न आएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?