+
+

ताप्लेजुङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

रासस रासस
२०७९ साउन ७ गते ९:३५

७ साउन, फुङ्लिङ । ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो ।

घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो ।

खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ ।

शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?