+
+

प्रभु बैंकको नाफा ५१ प्रतिशतले बढ्यो

खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि र प्रोभिजन राइटब्याक गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा प्रभु बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १३:५४

८ साउन, काठमाडौं । खुद ब्याज आम्दनीमा उल्लेख्य वृद्धि र प्रोभिजन राइटब्याक गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा प्रभु बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले दुई अर्ब ६० करोड ४ लाख रुपैयाँ (५१.११ प्रतिशत) नाफा आर्जन गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ७२ करोड ९ लाख नाफा कमाएको थियो ।

बोनस सेयर मार्फत चुक्ता पूँजी वृद्धि गर्दा पनि बैंकले नाफा सँगसँगै प्रमुख वित्तीय सूचकहरुमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा १५ रुपैयाँ १७ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ५० पैसाबाट बढेर १५६ रुपैयाँ १६ पैसा पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ११ अर्ब ३४ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा १२ प्रतिशत बोनस सेयर दिएर १२ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ पूँजी पुर्‍याउँदा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको हो ।

बैंकको सेयरधनी सञ्चित कोषमा एक अर्ब ५७ करोड ९४ रुपैयाँ छ भने जगेडा कोषमा पाँच अर्ब ५५ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

बैंकले गत आर्थिक वर्षमा कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर बढाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३.६५ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/७९ मा ४.३२ पुगेको छ । जसले बैंकको ब्याज आम्दानी उल्लेख्य रुपमा बढेको छ ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप एक खर्ब ६४ अर्ब ८५ करोड ५ लाखबाट ८.३७ प्रतिशतले वृद्धि भई एक खर्ब ७८ अर्ब ६५ करोड २२ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब ३५ अर्ब ११ करोड ७८ बाट ८.०३ प्रतिशतले बढेर एक खर्ब ४५ अर्ब ९६ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब २ करोड ३३ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ६ अर्ब १८ करोड ३ लाख गरेको छ ।

बैंकको ब्याज आम्दानीमा वृद्धिसँगै सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन ‘राइट ब्याक’ गर्दा कर्मचारी खर्चमा वृद्धि हुँदा पनि बैंकको नाफामा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ११ करोड ६० लाख प्रोभिजन गरेको बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा प्रोभिजन रकमबाट ३८ करोड ७९ लाख प्रोभिजन गरेको छ । बैंकको कर्मचारी खर्च दुई अर्ब ५० करोड ९१ लाखबाट बढेर दुई अर्ब ९० करोड १४ लाख रुपैयाँ पुर्‍याएको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा ४७.७५ प्रतिशतले वृद्धि भएर तिन अर्ब ८४ करोड ६३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा बैंकले दुई अर्ब ६० करोड ३१ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ६.८८ प्रतिशतबाट बढेर ९.२४ प्रतिशत पुगेको छ ।
निष्क्रिय कर्जा १.६८ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा झरेको छ । यस्तै पूँजी कोष अनुपात १३.१० प्रतिशतबाट बढेर १३.१६ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?