+
+

सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १८:१२
फाइल तस्वीर

९ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी पुनः बढ्न थालेपछि कोभिड-१९ संकट समन्वय केन्द्रले सिंहदरबारभित्र सुरक्षा सतर्कता अपनाउन परिपत्र गरेको छ ।

सिंहदरबार भित्रका सबै मन्त्रालय, कार्यालय र सचिवालयलाई परिपत्र गर्दै केन्द्रले यस्तो निर्देशन दिएको हो ।

अब सिंहदरबारभित्र प्रवेश गर्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । सिंहदरबार भित्रका प्रत्येक मन्त्रालय र सचिवालयको प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था मिलाउनु पर्ने छ । यस्तो सतर्कता बैठक, गोष्ठी तथा सेमिनारमा समेत अपनाउनु पर्ने भएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?