+
+

हजयात्रामा अनियमितताको आरोप, अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १८:०७
महिला समिति बैठक । फाइल तस्वीर

९ साउन, काठमाडौं । प्रतिनिधि सभाको महिला तथा समाजिक समितिका सदस्यहरुले हजयात्रामा भ्रष्टाचार भएको आरोप लगाएपछि समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा सांसदहरुले हजयात्रामा पठाउने क्रममा अनियमितता भएको भनी प्रश्न उठाएका थिए । सोही आधारमा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गरेको हो ।

‘हजयात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमिततामाथि अनुसन्धान गरि निष्कर्षमा पुग्न समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ’, समितिको निर्णय छ ।

यसैगरी, समितिले हजयात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नहुनुको कारण जानकारी गराउन मुस्लिम आयोगलाई निर्देश गरेको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारी लगायतसँग छलफल गरेर समितिले यस्तो निर्देश गरेको हो ।

आयोग अध्यक्ष स्वयम अन्सारीले अजयात्राको व्यवस्थापन गृह मन्त्रालयत अन्तर्गत रहने हज कमिटीले गर्ने बताएका थिए । साथसाथै उनले हजयात्रामा अनियमतिता भएको आशंका गरेका थिए ।

उनअनुसार गएको वर्ष हज जानेहरुसँग दुई लाख ३० हजार रुपैयाँ लिइएको थियो । यस वर्ष बढेर ४ लाख ६३ हजार ८०० रुपैयाँ पु¥याइएको छ । यसरी महँगो हुनुको कारण खोजी गर्दा आयोगले नै नपाएको उनको भनाइ थियो ।

हेर्नुहोस् महिला समितिको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?