+
+

गृह मन्त्रालयले संसदीय समितिलाई दियो सिंहदरबारको पश्चिम र दक्षिण गेटको फुटेज

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १६:१२

१० साउन, काठमाडौं । गृह मन्त्रालयले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले मागेको सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै अर्थमन्त्री शर्मामाथि प्रश्न उठेको थियो । गृह मन्त्रालयले दिएको फुटेजमाथि अध्ययन भइरहेको समिति स्रोतले बताएको छ ।

सो विषयमा छानबिन गर्न गठित समितिले १४ जेठको राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको वा नगरेको विषयमा अध्ययन गर्न सिंहदरबारको दक्षिण र पश्चिम गेटको फुटेज गृह मन्त्रालयसँग माग गरेको हो ।

संसदीय समितिलाई अर्थ मन्त्रालयले १४ जेठको फुटेज नै नभएको बताएको थियो । सीसीटीभी क्यामेरा फरेन्सिक प्रयोगशालामा परीक्षण गर्दा पनि १४ जेठको फुटेज फेला परे पनि स्पष्ट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?