+
+

प्रिमियर लिगमा अनुबन्धित यी खेलाडीले साताको कति कमाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते ६:०२

१३ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग विश्व फुटबलमै धनी लिगमध्येमा पर्छ । यहाँ म्यानचेस्टर युनाइटेड, सिटी, लिभरपुल, चेल्सीजस्ता ठूला क्लब छन्, जसले खेलाडीलाई राम्रो पारिश्रमिक दिन सक्छन् ।

नयाँ सिजन सुरु हुनुअघि प्रिमियर लिगमा स्थापित खेलाडी अनुबन्ध भएका छन् । एर्लिन हालान्ड ५१ मिलियन पाउण्डमा म्यानचेष्टर सिटीमा अनुबन्ध हुँदा सिटीका गाब्रिएज जेसस र अलेक्जेन्डर जिनचेन्को आर्सनल पुगे ।

केही खेलाडीका लागि क्लबहरुले राम्रै रकम खर्च गरेका छन् । केही क्लबले भने फ्री ट्रान्सफरमै खेलाडी पाए । केहीले पारिश्रमिकको रुपमा राम्रै रकम दिए ।

प्रिमियर लिगको नयाँ सिजन २०२२–२३ सुरु हुन अब एक साता बाँकी छ । नयाँ अनुबन्ध भएका वा क्लब परिवर्तन गरेका मध्ये धेरै कमाउने १० खेलाडी :

एर्लिन हालान्ड

हालान्ड सिटीमा धेरै कमाउने खेलाडीमा पर्दैनन् । केभिन डे ब्रुयनाले प्रत्येक साता ४ लाख पाउण्ड कमाई गर्छन् । प्रिमियर लिगको साविक विजेता सिटीले यो सिजन जर्मन क्लब बोरुशिया डर्टमण्डबाट भित्र्याएका हालान्डलाई सिटीले प्रतिसाता ३ लाख ७५ हजार पाउण्ड पारिश्रमिक दिनेछ ।

उनले सन् २०२७ सम्म इथिहाडमा रहँदा हरेक साता उति नै पाउनेछन् । उनले क्रिस्मसअघि नै ४० गोल गर्दै उक्त रकमको भर्पाई गर्ने अपेक्षा गरिएको छ ।

रहिम स्टर्लिङ

सन् २०१५ मा लिभरपुलबाट म्यानचेष्टर सिटी जाँदा स्टर्लिङलाई पैसाको पछि लागेको आरोप लागेको थियो ।

तर, यस पटक सिटीबाट चेल्सी जाँदा भने त्यसो भएन । उनले सिटीमा उपाधि जितेको अनुभव लिइसके । त्यसैले उनी प्रिमियर लिगमा धेरै कमाउनेमा पर्छन् ।

चेल्सीले हरेक साता स्टर्लिङका लागि ३ लाख २५ हजार पाउण्ड खर्चिनेछ ।

२७ वर्षीय स्टर्लिङ चेल्सीका अन्य फरवार्डभन्दा धेरै कमाउनेछन् । रोमेलु लुकाकुले क्लब छाडेपछि स्टर्लिङका लागि राम्रो पारिश्रमिक दिन चेल्सी सक्षम हुनेछ ।

कालिदोउ काउलिबेली

चेल्सीले विश्वकै नाम चलेका मध्ये एक डिफेण्डरको रुपमा काउलीबेलीलाई अनुबन्ध गरेको छ । क्लबले उनको प्रतिष्ठाअनुसार रकम पनि राम्रै दिने भएको छ ।  उलीबेलीले चेल्सीमा हरेक साता २ लाख ९५ हजार पाउण्ड कमाउनेछन् ।

पूर्व कप्तान जोन टेरीले छाडेपछि चेल्सीले सम्भवत उत्कृष्ट सेन्टर ब्याकको रुपमा काउलीबेलीलाई पाएको विश्वास गरिन्छ ।

गाब्रियल जेसस

आर्सनलले जेससलाई अनुबन्ध गर्न ४५ मिलियन पाउण्ड खर्च गरेको छ । आर्सनलका लागि एउटा राम्रो खेलाडी उपलब्ध हुँदा जेससका लागि पनि मुख्य भूमिकामा खेल्ने अवसर छ ।

उनले आर्सनलमा प्रत्येक साता २ लाख ६५ हजार पाउण्ड कमाउनेछन् । जेससले प्रिसिजनमै आर्सनलका लागि ४ गोल गरिसकेका छन् । उनले सन् २०१६–१७ पछि आर्सनललाई च्याम्पियन्स लिगमा छनोट गराउने प्रयास गर्नेछन् ।

जेसे लिंगार्ड

२३ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको नटिङहम फरेस्ट ट्रान्सफर बजारमा सक्रिए रह्यो । फरेस्टले ११ खेलाडी अनुबन्ध गर्दै प्रिमियर लिगमा आफ्नो हैसियद स्थापित गरेको छ ।

लिनगार्डले फरेस्ट जाने निर्णय गर्छन भनेर धेरैले अपेक्षा गरेका थिएनन् । तर, म्यानचेस्टर युनाइटेड छाडेपछि फ्री एजेन्टका रुपमा रहेका लिंगार्डलाई फरेस्टले भित्र्याएको छ । उनले फरेस्टबाट हरेक साता २ लाख पाउण्ड पाउनेछन् ।

डार्विन नुनेज

लिभरपुसलले साडियो मानेलाई जर्मन क्लब बायर्नमा बेचेपछि बेनफिकाबाट डार्विन नुनेजलाई अनुबन्ध गर्दै अग्रपंक्ति चुस्त बनाएको छ । नुनेजले लिभरपुलमा प्रत्येक साता १ लाख ७९ हजार पाउण्ड कमाउनेछन् ।

इभान पेरिसिक

प्रशिक्षक एन्टोनियो कोन्टेले समर ट्रान्सफर मार्केटमा यस पटक राम्रै खर्च गरेका छन् । उनले ६ खेलाडी अनुबन्ध गर्दा ८० मिलियन पाउण्ड खर्च गरे ।

तर टोटनहमले भित्र्याएका नयाँ खेलाडीमध्ये फ्री ट्रान्सफरबाट आएका पेरिसिकले सबैभन्दा धेरै कमाउनेछन् । टोटनह्यामले यी फरवार्डलाई प्रतिसाता १ लाख ७८ हजार पाउण्ड दिनेछ ।

बाउबाकर कमारा

मार्सेमा अनुबन्ध सकिएपछि कमारा एस्टन भिल्ला आएका हुन् । यी मिडफिल्डरले हरेक साता १ लाख ५० हजार पाउण्ड कमाउनेछन् ।

क्रिस्टियन एरिक्सन

ब्रेन्टफोर्डले एरिक्सनलाई नयाँ सिजनमा पनि क्लबमै राख्न चाहेको थियो । टोटनहमले पनि उनलाई फेरि आउने विकल्प दिएको थियो । तर, एरिक्सन फ्री ट्रान्सफरमा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भए ।

उनको आगमनले ओल्ड ट्राफोर्डमा मिडफिल्डमा केही सहयोग पुग्ने विश्वास छ । एरिक्सनले हरेक साता युनाइटेडमा १ लाख ५० हजार पाउण्ड कमाउनेछन् ।

फिलिप काउटिन्हो

काउटिन्होले बार्सिलोनामा कमाएको भन्दा ७० प्रतिशत कम रकमा एस्टन भिल्लामा अनुबन्ध हुन राजी भए पनि उनले कमाउने रकम राम्रै छ । उनले हरेक साता एस्टन भिल्लामा १ लाख २५ हजार पाउण्ड कमाई गर्छन् ।

ब्राजिलका यी खेलाडीले गत सिजन आधा समय लोनमा भिल्लाका लागि राम्रै प्रदर्शन गरेका थिए ।

– प्लानेट फुटबलबाट

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?