+
+

गोरखाका ३ बौद्धिकलाई देशको नेतृत्वमा पुर्‍याउने बाबुरामको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १६:०५
बाँयााट क्रमश: स्वर्णिम वाग्ले, लक्ष्मी देवकोटा र उत्तमबाबु श्रेष्ठ ।

१५ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीन बौद्धिकलाई गोरखाबाट निर्वाचित गरेर उत्तराधिकार सुम्पने चाहना व्यक्त गरेका छन् ।

आइतबार ट्विटरमा उनले गोरखामा जन्मेर विश्व नागरिक बनेका प्रतिभाशाली बौद्धिक भन्दै स्वर्णिम वाग्ले, लक्ष्मी देवकोटा र उत्तमबाबु श्रेष्ठको नाम लिएका छन् । उनीहरुलाई गोरखाबाट निर्वाचित गरेर केही दशक देशको नेतृत्वमा पुर्‍याउन पाए कस्तो हुँदो हो ? भन्दै उनले आफ्नो चाहना व्यक्त गरेका हुन् ।

तर आफ्नो यो चाहना मनको लड्डु मात्र भएको पनि भट्टराईले बताएका छन् । ‘यो निर्वाचन प्रणालीले के देला र ?’ उनले लेखेका छन् ।

गोरखाको शहीद लखन थापा गाउँपालिका स्थायी घर भएका वाग्ले राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष हुन् । पालुङटारका देवकोटा बुढीगण्डकी विकास समितिका पूर्वअध्यक्ष हुन् भने वातावरण विज्ञानमा विद्यावारिधि गोरखा नगरपालिकाका श्रेष्ठ ग्लोबल इन्ष्टिच्युट फर इन्टरडिसिप्लिनारी स्टडिजका निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?