+
+

सुन-चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १२:५४

१६ साउन, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८ सय र तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो ।

सोमबार चाँदीको मूल्य प्रतितोला मूल्य १ हजार २२० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?