+
+

बंगलादेशका कप्तान हसनले जिम्बाबेविरुद्धको अन्य खेल गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १४:४०

१६ साउन, काठमाडौं । बंगलादेशका कप्तान नुरुल हसनले जिम्बाबेविरुद्धको बाँकी टी–२० अन्तर्राष्ट्रिय खेल र एकदिवशीय खेल गुमाउने भएका छन् ।

बायाँ हातको चोरी औंला भाँचिएका कारण उनले सिरिज गुमाउने भएका हुन् । हरारेमा ७ विकेटले जितेको खेलमा क्याच लिने क्रममा उनी घाइते भएका हुन् ।

उनको औला भाँचिएको टोलीका फिजियो मुज्जाजेद अल्फा सानेले जानकारी दिएका हुन् । उनले भने, ‘हामीले एक्सरे गरेपछि उहाँको औैंला भाँचिएको थाहा भयो । उक्त चोट ठिक हुन सामान्यतय तीन हप्ता समय लाग्छ ।’

चोट बोकेसँगै उनी तीन हप्ता मैदान बाहिर रहने भएका छन् । उनले मंगलबार हुने अन्तिम टी–२० खेल र तीन एकदिवशीय खेल गुमाउने भएका हुन् । उनको अनुपस्थितिमा टोलीको कप्तानी कसले गर्ने भन्नेबारे भने बंगलादेश क्रिकेट संघले केही खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?