२३ वैशाख, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम तयारीमा रहेको नेपाली महिला क्रिकेट टोली भारतमा भएको अभ्यास खेल शृंखलामा सान्त्वना जित निकालेको छ ।
मंगलबार दिल्लीमा भएको आरपिसिए गर्ल्ससँगको दोस्रो खेलमा नेपालले ४ रनको जित निकालेको हो । नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको आरपिसिएले पूरा २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनायो ।
आरपिसिएकी नजमा खानले अविजित ४७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । अन्तिम ओभरमा ११ रन चाहिँदा नेपालकी कविता कुँवरले ६ रन मात्र खर्चिइन् ।
त्यसअघि नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो । राजमती ऐरीले सर्वाधिक २९ रन बनाउँदा रुबी पोदारले २० तथा कविता जोशीले अविजित १९ रन बनाइन् ।
नेपालले यसअघि दिल्लीको टोलीसँग ३ हार बेहोरेको थियो भने एक खेल वर्षाले हुन सकेन । आरपिसिएसँगको पहिलो खेलमा हार बेहोरेको थियो ।
नेपाली टोली अब विश्वकप एसिया छनोटमा सहभागी हुन दिल्लीबाटै थाइल्याण्ड जानेछ ।
-फाइल तस्वीर
प्रतिक्रिया 4