+
+

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते ९:०१

२० साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।

दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ ।

क्रान्तिकारी मा‌ओवादीबाट महासचिव किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस रहेका छन् भने नेकपा बहुमतबाट धर्मेन्द्र बास्तोला,  हेमन्तप्रकाश वली, दिपक चलाउने,  गुणराज लोहनी, कृष्ण धमला  र देवकला अधिकारी सदस्य रहेका छन् ।

नेकपा बहुमतका संयोजक बास्तोलाले जतिसक्दो छिटो पार्टी एकताको प्रकृया पूरा हुने बताए । ‘ संयोजन समितिले वैचारिक, राजनीतिक र सांगठनिक संचरनाको टुंगो लगाएर छिट्टै एकता प्रकृयालाई पूर्णता दिन्छ’ उनले भने, ‘ जतिसक्दो छिटो एकतालाई पूर्णता दिन्छौं ।’

उनले संसदमा रहेका वामपन्थीहरूसँगको एकताका बारेमा भने अहिले नै छलफल नभएको बताए । समाजवादका केही आधार तय भएको खण्डमा मात्रै उनीहरूसँग पनि एकता गर्ने विषयमा छलफल हुने उनको भनाइ छ ।

संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र  नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?