+
+

‘जोकर २’मा लेडी गागा पक्का, प्रदर्शन मिति समेत घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते ९:२५

काठमाडौं । अन्ततः हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’मा लेडी गागा अनुबन्धित भएकी छन् । सामाजिक सञ्जालमा फिल्मको म्युजिकल टिजर सार्वजनिक गर्दै गायिका समेत रहेकी गागाले यसको पुष्टि गरेकी हुन् ।

‘जोकर : फोली अ डिक्स’ औपचारिक शीर्षक राखिएको फिल्ममा गागा मुख्य अभिनेता ज्याकिन फिनिक्सको अपोजिटमा प्रस्तुत हुनेछिन् । सन् २०१९ को चर्चित फिल्म ‘जोकर’बाट उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेपछि ज्याकिन कमब्याक तयारीमा छन् ।

टिजरमा गागाले टोनी बेनेटसँग मिलेर म्युजिकल कभर गाएकी छन् । गत जुन महिनामै भेराइटी म्यागजिनले गागाले जोकर सिक्वेलमा हार्ले क्वीन पात्रको भूमिकामा अभिनय गर्न लागेको बारे खुलासा गरेको थियो । यो पात्र वार्नर ब्रोजको चर्चित पात्र हो जसलाई अभिनेत्री मार्गरेट रोबीले तीनपटक निर्वाह गरिसकेकी छन् ।

निर्देशक टड फिलिप्सले इन्स्टाग्राममार्फत फिल्म बन्नेबारे पुष्टि गरिसकेका थिए । जोकरले सन् २०१९ मा विश्व बक्सअफिसमा १ बिलियन डलर कमाइ गरेको थियो । ‘जोकर २’ २०२४ अक्टोबर ४ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?