+
+

गत आवमा काठमाडौं महानगरको खर्च ४४ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १४:३६

२५ साउन,काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ ।

महानगरको वार्षिक समीक्षा वैठकमा वित्त विभागले प्रस्तुत गरेको तथ्यांक अनुसार स्वीकृत १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँको ४४.२४ प्रतिशत खर्च भएको हो ।

राष्ट्रिय सभा गृहमा महानगरको गत आर्थिक वर्षको समीक्षा वैठक भइरहेको छ ।

बैठकमा विभाग, आयोजना, एकाई, सचिवालय गरी २४ क्षेत्रबाट समीक्षा प्रस्तुतिकरण हुनेछ । गत वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए ।

बैठकमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले, समीक्षाबाट गएको वर्षमा भएका कामको तथ्य र तथ्याङ्कीय अवस्था प्राप्त हुने राम्रा कामलाई निरन्तरता दिन, कमजोरी सुधार गर्न तथा अभाव कम गराउन मद्दत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?