+
+

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १७:३३

२८ साउन, धनगढी । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन् । मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

यस्तै प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दिनेशबहादुर विष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन्। यस्तै मञ्चको सदस्यमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत रहेका छन्।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली र पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले शुभकामना मन्तव्य राखेका थिए ।

बन्दसत्रमा मञ्चका कैलाली समन्वय शाखाका महासचिव प्रदीप पाठकले सांगठनिक र कोषाध्यक्ष हरि जोशीले २३ लाख १ हजार ५७० रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

मञ्चको समन्वय शाखा कैलालीले बर्सेनि स्पोर्टस अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ। यस्तै मञ्चकै आयोजनामा मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरेको थियो भने, कोरोनाकालमा जोखिम न्यूनीकरणका लागि मञ्चका सदस्यको कोरोना बिमा पनि गरेको थियो ।

गत आर्थिक वर्षमा प्रदेश खेलकुद परिषद् सुदूरपश्चिमको सहकार्यमा खेलकुद पत्रकारिता तालिम पनि आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?