+
+

सोमबारदेखि ‘इन्ड्राइभ’ औपचारिक रुपमै नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते २०:१४

२३ वैशाख, काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ सोमबारदेखि औपचारिक रुपमै नेपालमा प्रवेशको घोषणा गर्ने भएको छ । करिब ३ वर्ष सेवा दिइसकेपछि अमेरिकन इन्ड्राइभ औपचारिक रुपमा कम्पनीका रुपमा दर्ता भएर वैधानिक रूपमा  सेवामा आउन थालेको हो ।

इन्ड्राइभ दर्ता नभई सञ्चालन भइरहेपछि ट्राफिक प्रहरीले पछिल्लो समयमा राइडरहरुलाई रोक्ने र कारवाही गर्ने क्रम तीव्र भएको थियो । पटक–पटक  औपचारिक रुपमै दर्ता गरेर सार्वजनिक हुने बताए पनि इन्ड्राइभले प्रक्रिया पछ्याएको थिएन ।

यसले गर्दा सेवाग्राही जोखिम लिएर इन्ड्राइभ प्रयोग गर्न बाध्य भएका थिए भने पठाओ पनि यसबाट प्रभावित भएको थियो । सोमबार भने इन्ड्राइभले कम्पनी दर्ता गरेपछि आफ्नो सेवा औपचारिक रुपमै सुरुवात गर्दैछ ।

नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनपर्ने माग उठेको साढे ७ वर्ष बितिसकेको छ । पहिलोपटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले ‘मोटरसाइकल र ट्याक्सी’मा ‘राइड सेयरिङ’ सेवा सुरु गरेपछि निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु कार्य सुरु भएको थियो । त्यतिबेलादेखि नै माग भएपनि अहिलेसम्म संघीय ऐनमा नै निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था भएको छैन ।

तर, सरकारले प्रविधिको प्रयोग भन्दै यो सेवालाई प्रतिबन्ध लगाएको छैन । तर, बेला–बेलामा हुने धरपकड र कारवाीले राइडर र सेवाग्रही पीडित छन् । पछिल्लो सयममा अफलाइन राइड लिने क्रम झांगिएकाले सेवमा अनेकन समस्या देखिएका छन् ।

प्रदेशहरुले यसबारे कानुनी व्यवस्थाहरु गरेपनि संघीय कानुनको अभाव र व्यवस्थापनको कमजोर योजनाका कारण समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?