+
+

नेपाल टेलिकमको नाफासँगै प्रतिसेयर आम्दानी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते ८:३४

३१ वैशाख, काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको यसै अवधिको तुलनामा ३.३ प्रतिशत बढी हो । गत आवको यस अवधिमा कम्पनीले ५ अर्ब ४१ करोड खुद नाफा कमाएको थियो ।

कम्पनीको कुल आम्दानी भने घटेको छ । कम्पनीले ९ महिनामा कुल २५ अर्ब ४८ करोड आम्दानी गरेको छ । गत आवको यस अवधिमा यस्तो आम्दानी २७ अर्ब ३४ करोड रुपैयाँ थियो । आम्दानी घट्दा पनि नाफा बढ्नुको मुख्य कारण कर्मचारीको सेवासुविधा खर्च, कार्यालय सञ्चालन खर्च, वित्तीय खर्च लगायतमा कमी आउनु हो ।

कम्पनीको प्रतिसेयर आम्दानी सामान्य बढेको छ । गत आर्थिक वर्ष यस अवधिमा वार्षिक प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९ पैसा रहेकोमा अहिले ४१ रुपैयाँ ४४ पैसा छ । १८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ७४ अर्ब ३३ करोड रुपैयाँ बराबर छ ।

१८ अर्ब चुक्ता पूँजीमध्ये ९१. ४९ प्रतिशत सरकारको सेयर स्वामित्व छ । ८.४८ प्रतिशत सेयर अर्थात् १ करोड ५२ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भएको छ भने बाँकी ०.०३ प्रतिशत नागरिक लगानी कोषको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२ रुपैयाँ ९९ पैसा छ । आइतबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८१२ रुपैयाँ छ । यस कम्पनीले सेयर लगानीकर्तालाई विगतमा राम्रो प्रतिफल दिएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?