+
+
Shares

रसुवा उच्च हिमाली क्षेत्रमा टेलिकमको फोरजी मोबाइल सेवा विस्तार

समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटर उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बीटीएस जडान गरेर टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल टेलिकमले लाङटाङ–क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सुरु गरेको छ।
  • यसले पर्यटक र स्थानीयलाई सांस्कृतिक, प्राकृतिक र भौगोलिक अनुभव साझा गर्न मद्दत पुर्‍याउने विश्वास टेलिकमको छ।
  • क्यान्जिन उपत्यका समुद्री सतहबाट करिब ३,८०० मिटर उचाइमा रहेको छ र यस क्षेत्रमा नयाँ बीटीएस जडान गरी सेवा सञ्चालन गरिएको हो।
  • यस सेवाले स्थानीयवासी, पर्यटक र पर्यटन व्यवसायीलाई दूरसञ्चार सेवाबाट लाभान्वित गर्ने अपेक्षा गरिएको छ।

३१ वैशाख, काठमाडौं । नेपाल टेलिकमले लाङटाङ–क्यान्जिन पदमार्गमा उक्त क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ ।

काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गका रूपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकलाई यात्रा क्रममा  सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनसँग साटासाट गर्न सहयोग पुग्ने टेलिकमको विश्वास छ ।

समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटर उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बीटीएस जडान गरेर टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने र स्याफ्रुबेँसीबाट लगभग २ दिनको पैदल यात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यस उपत्यकामा टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीयवासिन्दा, घुम्न आउने पर्यटक तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायी समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?