+
+
Shares

सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर उपलब्ध गराउँदैनौं : नेपाल टेलिकम

टेलिकमले व्यापार–व्यवसाय प्रवर्द्धनका लागि एसएमएस प्रवाह गर्न विभिन्न सेवा प्रदायकलाई स्वीकृति दिने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराउने स्पष्ट पारेको छ।
  • केही सेवा प्रदायकले राजनीतिक प्रकृतिका सन्देश टेलिकमका मोबाइल नम्बरमा प्रवाह गरिरहेको र गुनासो प्राप्त भएको टेलिकमले जनाएको छ।
  • टेलिकमले जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक खलल पुर्‍याउने सन्देश नपठाउन सेवा प्रदायकलाई सचेत गराएको छ।

२९ पुस, काठमाडौं । नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध नगराउने स्पष्ट पारेको छ ।

टेलिकमको ‘भ्यालु एडेड सर्भिसेस’ (भीएएस) सेवा प्रणालीमा आबद्ध भई एसएमएसमा आधारित भीएएस सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार–व्यवसाय भन्दा फरक राजनीतिक प्रकृतिको सन्देश टेलिकमका विभिन्न मोबाइल नम्बरमा समेत प्रवाह गरिरहेको र यस सम्बन्धमा सेवाग्राहीको गुनासो समेत प्राप्त भएको कम्पनीले जनाएको छ ।

टेलिकमले व्यापार–व्यवसाय प्रवर्द्धनका लागि एसएमएस प्रवाह गर्न विभिन्न सेवा प्रदायकलाई स्वीकृति दिने गरेको छ ।

सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने प्रकृतिका सन्देश प्रवाह नगर्न टेलिकमले सचेत गराएको छ ।

आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकलाई अनुरोध छ ।

नेपाल टेलिकमले सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनीयताको सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?