News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल टेलिकमले सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँ करसहित नगद लाभांश दिने निर्णय गरेको छ।
- लाभांश अर्थमन्त्रालय र आगामी साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुनेछ।
- कम्पनीले पुस ३० गते वार्षिक साधारणसभा गर्ने र पुस २० गते बुक क्लोज मिति तोकेको छ।
९ पुस, काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो । लाभांश अर्थमन्त्रालय तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।
साथै कम्पनीले पुस ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । पुस २० गते बुक क्लोजको प्रारम्भिक मिति तोकिएको छ । सोभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले लाभांश पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4