+
+
Shares

टेलिकम बिलिङ प्रकरण : पूर्व मुख्यसचिव अर्यालसहित २४ जनालाई मुद्दा नचल्ने निर्णय

तत्कालीन सञ्चार सचिव एवं सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्याल, डा. बैकुण्ठ अर्याल लगायत २४ जनाविरुद्ध मुद्दा चलेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
  • मुद्दा बिलिङ प्रणालीको मर्मतसम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित दर्ता गरिएको हो।
  • २४ जनामाथि मुद्दा नचल्ने निर्णय भएको छ, जसमा तत्कालीन सञ्चालक समिति सदस्यहरू र कम्पनीका केही वरिष्ठ अधिकारीहरू समावेश छन्।

२५ जेठ, काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्‍यो ।

बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले उनीहरूमाथि मुद्दा दायर गरेको हो ।

अख्तियारले यो प्रकरणमा अनुसन्धानको दायरामा आएका २४ जनामाथि भने मुद्दा चलाएको छैन ।

तत्कालीन सञ्चार सचिव एवं सञ्चालक समितिका अध्यक्षहरू हरिप्रसाद बस्याल, डा. बैकुण्ठ अर्याल लगायत २४ जनाविरुद्ध मुद्दा चलेको छैन ।

अख्तियारले टेलिकमका सञ्चालक समिति सदस्यहरू रहेका सहसचिवहरु भुपाल बराल, उत्तरकुमार खत्री एवं अरु सदस्य शंकर लामिछाने माथि मुद्दा चलाएको छैन ।

मुद्दा नचल्नेमा कम्पनी सचिव राजेन्द्र अर्याल, तत्कालीन प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी, तत्कालीन प्राविधिक अधिकृत भानुराज श्रेष्ठ, तत्कालीन निर्देशक राधाकृण्णा ढुङ्गेल, तत्कालीन नायव प्रबन्धक निर्देशक मिनु प्रधान पनि छन् ।

कम्पनीका तत्कालीन निर्देशक सविना मास्के, तत्कालीन प्रबन्धकहरू हरि ढकाल, गंगासागर मातंछे, कुमारप्रसाद खतिवडा, प्रकाश मानन्धर, सुवोध रिमाल, शोभन अधिकारी, अनुप रेग्मीमाथि मुद्दा नचल्ने निर्णय भएको छ ।

यसैगरी कम्पनीका तत्कालीन उपप्रबन्धकहरू मणिराज पौडेल, सुदिपराज घिमिरे, सरोज प्रधान, सन्तोष भण्डारी र तत्कालीन वरिष्ठ इन्जिनियर प्रयाग खड्कामाथि मुद्दा नचलाउने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?