+
+

चेल्सी र टोटनहमको रोमाञ्चक बराबरी, दुबै टिमका प्रशिक्षकलाई रातो कार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते ६:१३

३० साउन काठमाडौं । ह्यारी केनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि चेल्सी र टोटनहमले प्रिमियर लिगमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि कायम राख्न सकेन । दोस्रो हाफमा खेल तनावपूर्ण बन्दा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा कालिडोउ काउलबेलीले १९औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर ६८औं मिनेटमा पिएरे एमिल होएभरले टोटनहमका लागि बराबरी गोल फर्काए ।

रिस जेम्सले ७७औं मिनेटमा गवल गर्दै चेल्सीलाई फेरि अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । तर इन्जुरी टाइममा इभान पेरिसिकको कर्नरमा केनले हेडमार्फत गोल गर्दै टोटनहमको हार टारे ।

टच डाउनका निकै आक्रमक देखिएका चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले अन्तिममा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

बराबरीपछि दुवै टिमले दुई खेलमा समान चार अंक जोडेका छन् । यस बराबरीपछि यस सिजन साविक विजेता म्यानचेष्टर सिटी र आर्सनल मात्र शतप्रतिशत खेल जित्ने टिम बनेका छन् ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?