+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण भदौ अन्तिम साता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १७:५१

३० साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गर्ने नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण आगामी भदौ अन्तिम साता हुने भएको छ ।

आगामी २३ र २४ भदौमा चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन आयोजना हुन लागेको परिसंघले सोमबार एक कार्यक्रममार्फत जानकारी गराएको छ । सम्मेलनको सहआयोजक लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहने भएका छन् ।

यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीन वटा पूर्वाधार सम्मेलनको समीक्षा गर्ने योजना रहेको परिसंघले जनाएको छ ।

पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारलाई उत्प्रेरित गर्ने, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने, दीगो विकास लक्ष्यहरू हासिल गर्न मद्धत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरूलाई प्राथमिकता दिने यस सम्मेलनको उद्देश्य रहेको परिसंघको भनाइ छ ।

विश्वव्यापी रुपमा भइरहेको पूँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेको बेलामा सम्मेलनले स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा केन्द्रिकृत गरेर सम्वादको माध्यमबाट यो कमीलाई कम गर्न खोज्ने आयोजकको भनाइ छ ।

सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने विश्वास लिएको परिसंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?