
३१ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले पार्टीको साधारण सदस्य त्यागेको घोषणा गरेका छन् । नेता खतिवडाले बुधबार बिहान एक ट्वीट सन्देशमार्फत् पार्टी परित्यागको घोषणा गरेका हुन् ।
‘करिब ८ वर्षकाे सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ वर्षकाे सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुकाे टिमप्रति आभारी छु,’ खतिवडाले लेखेका छन्, ‘आजबाट जसपा-नेसपा लफडाबाट पूर्णत:मुक्त छु । नेसपा-माओवादी एउटै चिन्ह हँसिया हथाैडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाकाे साधारण सदस्य पनि रहिनँ।’
करिब ८ बर्षकाे सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ बर्षकाे सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुकाे टिमप्रति आभारी छु।आजबाट जसपा-नेसपा लफडाबाट पुर्णत: मुक्त छु।नेसपा-माओवादी एउटै चिन्ह हसियाहथाैडाबाट चुनाव लड्न निर्णयपछि अब म नेसपाकाे साधारण सदस्य पनि रहिन। धन्यवाद।
— dambar khatiwoda (@dambarkhatiwoda) August 16, 2022
पछिल्लो समय जनता समाजवादी पार्टी विभाजनको बेला अध्यक्ष उपेन्द्र यादवको साथ छाडेर नवगठित नेपाल समाजवादी पार्टीतिर लागेका थिए । डा. भट्टराईलाई साथ दिए पनि उनी केन्द्रीय समितिमा नबसी साधारण सदस्यका रूपमा नेसपामा आवद्ध भएका थिए ।
एक दशक अगाडिदेखि वैकल्पिक राजनीतिको बहसमा सहभागी खतिवडा ७ वर्षअघि डा. बाबुराम भट्टराई नेतृत्वमा बनेको नयाँ शक्तिको सुरुवाती ३५ सदस्यीय केन्द्रीय समितिका सदस्य बनेका थिए । ०७५ असारमा बनेको नयाँ शक्तिको सात सदस्यीय हेडक्वाटर सदस्य बनेका खतिवडाले पार्टीको विभिन्न विभागको नेतृत्व गर्दै आएका थिए ।
प्रतिक्रिया 4