+
+

महाअभियोग सिफारिस समितिको बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १८:२४

३१ साउन, काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आह्वान भएको छ ।

महाअभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार महाअभियोग सिफारिस समितिको बैठक बुधबार बिहान साढे ११ बजे सिंहदरवारमा बस्नेछ ।

महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन गर्ने विजनेश छ । विजनेश पाएको १० औं दिनमा महाअभियोग सिफारिस समितिको बैठक बस्न लागेको हो ।

१ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टका अनुसार बुधबार बस्ने बैठकको एजेण्डा समितिको आन्तरिक कार्यविधि निर्माण र पारित गर्ने छ । साथसाथै समितिको संयोजक चयन गर्ने विषयमा पनि छलफल हुनेछ । बुधबारबाटै निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु हुनेछ ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?